साउन १० गते माछापुछ्रे गाउँ पालिका पोखरामा यस्तो कहालीलाग्दो घटना घट्यो जुन घटनाले बाबा आमाको मुटुको टुक्रा गुम्यो दिदीले साथी जस्तै बहिनी गुमाइन अनि औधी माया गर्ने दिदी गुमाए भाईले । साथै अमेरिकि नेपाली समाजले गुमायो एक होनाहार चेली ।
समर बिदा मनाउन डेढ महिनाको समय लिएर अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर बाट अस्मिता (जेठी ) अन्जिता कान्छी र आशिश नेपाल गएका थिए । एडभेन्चरमा रुची राख्ने उनिहरुले पोखरा आसपासका रमणिय स्थानहरु अबलोकन गरे ।१ महिनाको अबधिमा बन्जिजम्पको आनन्द लिए ।सौराहा, लुम्बिनी र मुस्ताङका प्राकृतिक छटाहरुलाई आँखामा कैद गरे । अनी नेपाली हुनुको गर्वको महशुश गरे ।
साउन १० गते माछापुछ्रे गाउँ पालिका पोखरामा रहेको पोखरा क्यानोनिङ्को आनन्द लिने योजना बनाए । जुन अन्जिताको काल बनेर प्रस्तुत भयो ।क्यानोनिङ एक यस्तो खेल हो जुन डोरिको सहाराले झरनाबाट हाम फाल्दै खेलिन्छ । यस्का लागि तीनै जना दिदिभाइहरु तयार भए ।
तीन मध्ये जेठी अस्मिताले क्यानोनिङ गरिन ।त्यस पछि को पालो अन्जिता ले रोजिन ।पारिवारिक (भाई )र प्रत्यक्षदर्शीका अनुसार अन्जितालाई बाध्ने डोरीको हुक लगाइएको थिएन ।सोही कारण अन्जिता पहरामा ठोक्किदै ४५ मिटर तल भुईमा बजारिन पुगिन । घाइते अन्जितालाई पोखरा स्थित मणिपाल अस्पातल त लगियो तर उपचारकै क्रममा उनको निधन भयो ।
उनका बुवा तिर्थ भन्डारी सन २०११ देखि अमेरिका बस्दै आएका थिए जो सामाजिक रुपमा परिचित ब्यक्तित्व हुन । त्यस पछि २०१७ मा ममी दिदी र भाईका साथमा अन्जिता अमेरिका आएकी थिन ।
पारिवारिक सदस्य बिष्णु खनालका अनुसार अन्जिता पठाइमा तेज थिइन । सामाजिक रुपमा सबैसामु घुलमिल हुने मिलनसार् स्वभावकी अन्जिता ,कम्प्युटर साइन्समा ब्याचलर सकेकी थिइन ।
अन्जिता को निधनको खबर सुनेपछि आमा बाबा नेपाल गएका छन। र उनको पोखराको रामघाटमा अन्त्यस्ठी गरिएको छ । यो अशुभ खबर सँगै यता बाल्टिमोर शोकमा डुबेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका का बरिस्ठ उपाध्यक्ष कृष्णजीबी पन्तले अन्जिताको निधन प्रति गहिरो दु:ख ब्यक्त गरेका छन् । त्यस्तै बाल्टिमोरका स्थानीय समाजसेवी रामचन्द्र अधिकारी आफ्नो फेशबुकमा लेख्छन 'स्तव्ध र नि-शब्द अन्जिता ....'
क्यानोनिङ संचालक राम गुरुङ को चरम लापरबाही को कारण एक होनाहार चेलीको निधन भए सँगै आफन्त र स्थानिय बासी आक्रोशित भएका छन ।यस अघि पनि यस्ता घटना घटेको र बिना दर्ता राजनीतिक संरक्षण का साथ संचालनमा रहेको पोखरा क्यानोनिङ तत्काल बन्द गर्नु पर्ने स्थानियको माग रहेको नेपाल स्थित सन्देश टुडेका सम्बादाताले बताएका छन।
प्रतिक्रिया गर्नुहोस्