गैरआवासीय नेपाली संघका अभियन्ता तथा नेपाली समाज टेक्सास का पूर्व अध्यक्ष कृष्ण लामिछानेको निधन भएको छ ।नेप्लिज सोसाइटी अफ टेक्सास NST का अनुसार लामिछानेको असामान्य तवरले निधन भयो तर कसरी असामान्य भयो खुलाईएको छैन् । प्राप्त जानकारी अनुसार उनी मंगलवार साँझपख आफ्नै घरमा मृत भेटिएका थिए ।
नेपाली जनसम्पर्क समितिका संस्थापक लामिछाने अमेरिकाको टेक्सासमा दुई छोरी र श्रीमतीका साथ बसोबास गर्दै आएका थिए । टेक्सास राज्यको चर्चित सामाजिक संस्था नेप्लिज सोसाईटी अफ टेक्सास (एनएसटी) का पूर्व अध्यक्ष समेत रहेका लामिछानेको पुर्खेउली घर गोर्खा नाम्जुङ हो ।
प्रतिक्रिया गर्नुहोस्