आर्मी र संकटाले अंक बाँडे, एनआरटीलाई सातदोबाटोले हरायो

सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले अंक बाँडेका छन्।

दशरथ रंगशालामा आइतबार सिजनको आफ्नो पहिलो खेलमा संकटा र आर्मीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

यता च्यासल रंगशालामा भएको खेलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ।

लिगमा विजयी सुरुवात गर्ने क्रममा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २-१ गोलले पराजित गर्‍यो।

सातदोबाटोका लागि दुवै गोल दिपकराज सिंह ठकुरीले गरे। उनले ४५ र ८४ मिनेटमा गोल गरेका थिए।

एनआरटीका लागि निकोलासले पहिलो हाफको इन्जुरी टाइममा बराबरी गोल गरेका थिए।

प्रतिक्रिया गर्नुहोस्