युएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

विश्वकप क्रिकेट लिग–२ मा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। 

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको हो।

युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाए। ९९ बल खेलेका खानले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहन मुस्ताफाले नटआउट ५२ रन बनाए। आर्यन लाक्राले २८ रन बनाउँदा कप्तान सिपी रिजवानले २२ तथा भित्य अर्बिन्दले १८ रन बनाए। 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ३ विकेट लिएका हुन्।

यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १-१ विकेट लिए।

मौसम ढकाल (श्याम) घाइते भएपछि उनको स्थानमा लामिछाने खेलेका हुन।

अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्। 

सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्।

बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।

प्रतिक्रिया गर्नुहोस्