नेपाली गीत- सङ्गीत सम्बद्ध संस्थाहरुले संगीतकार सुरेश अधिकारी विरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेका छन् ।
रोयल्टी सङ्कलन समाज,गीतकार संघ ,सङ्गीतकार संघ ,प्रस्तोता समाज, सङ्गीत उद्योग संघ , सङ्गीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले संयुक्त विज्ञप्ति जारी गर्दै रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी विरुद्ध रेडियो प्रसारकले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।
ती संघ संस्थाहरुले रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई अन्यायपूर्ण भन्दै खेदसमेत प्रकट गरेका छन् ।साथै यही साउन ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक सङ्घले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् ।रेडियोको प्रतिनिधिमूलक संस्थाबाट सांगीतिक सिर्जना प्रसारण नगर्ने भन्ने निर्णयलाई सात संगीतसम्बद्ध निकायले दुर्भाग्यपूर्ण, अभिव्यक्ति स्वतन्त्रतामाथिको नांगो प्रहार र निरकुंश कदमको संज्ञा दिएका छन् । विज्ञप्तिमा प्रतिबन्धको निर्णयलाई फिर्ता नलिइए स्रष्टा र कलाकारका सांगीतिक सिर्जनाको प्रसारण रोक्न आफूहरु पनि बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
प्रतिबन्धको निर्णयलाई फिर्ता नलिए स्रष्टा र कलाकारका साङ्गीतिक सिर्जनाको प्रसारण रोक्न बाध्य हुने सङ्घ संस्थाले जनाएका छन। स्मरण रहोस,सुरेश अधिकारीको फेशबुक स्टाटस लिएर एफ एम रेडियोहरुले उनका गीत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
प्रतिक्रिया गर्नुहोस्