सुदर्शन थापा निर्देशित 'प्रसाद २' को ट्रेलर सार्वजनिक (भिडिओ)

सुदर्शन थापाले निर्देशन गरेको फिल्म 'प्रसाद २' को ट्रेलर सार्वजनिक भएको छ। 

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको छ। 

यो फिल्म आगामी चैत २४ गतेदेखि प्रदर्शन हुनेछ। सार्वजनिक ट्रेलरमा राजनीतिक र सामाजिक कथालाई उठान गरिएको छ।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूको बैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्यालाई फिल्ममा देखाइएको छ। 

विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।

सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत छन्। राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै फिल्म निर्माण गरेको हो। ‘प्रसाद’ बक्स अफिसमा हिट भएको थियो।

 

 

प्रतिक्रिया गर्नुहोस्