प्रदर्शनरत फिल्म 'बुलाकी' को गीत सार्वजनिक (भिडिओ)

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'बुलाकी' को गीत सार्वजनिक भएको छ।

शनिबार म्युजिक डटकम युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘यो खास्टो मायाको’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्टलाई देख्न सकिन्छ।

शिव परियार र प्रविशा अधिकारीको स्वर रहेको गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत छ। डोल्पाका रमणीय स्थानमा खिचिएको गीतमा निर्देशक लक्ष्मण सुनारको कोरियोग्राफी रहेको छ। 

यो फिल्म जारी प्रथामा आधारित छ। 

टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा र विराजसँगै नरेन खड्का, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा राजबहादुर सानेको रहेको छ भने पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन्।

शिव ढकालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसी र निर्देशक सुनारले सम्पादन गरेका हुन्।

प्रतिक्रिया गर्नुहोस्