बारा-२ मा उपेन्द्र यादवको निरन्तर अग्रता

बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको लागि जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्। 

मंगलबार दिउँसो २ बजेसम्मको मत परिणाम अनुसार उनले १५ हजार १८३ मत प्राप्त गरिसकेका छन्। 

उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने १० हजार ३७० मत प्राप्त गरेका छन्। यादव कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि छन्। 

तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार २७ मत प्राप्त गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ९५ मत प्राप्त गरेका छन्। मतगणना जारी छ। upendra

प्रतिक्रिया गर्नुहोस्