प्रधानमन्त्री थ्री नेसन्स कप: नेपालले लाओसलाई २-० गोलले हरायो

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लाओसविरूद्धको खेलमा नेपालले जित हासिल गरेको छ। 

दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको हो।

खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरे। ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेका थिए। 

नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि चैत ११ मा लाओस र भुटानबीच खेल हुनेछ।

समूह चरणका सबै खेल साँझ ६ बजे सुरू हुनेछन्। फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ। 

प्रतिक्रिया गर्नुहोस्

छुटाउनुभयो कि ?